धरान–चतारा–भिमान सडक खण्ड निर्माणमा ढिलाई | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

धरान–चतारा–भिमान सडक खण्ड निर्माणमा ढिलाई

गोपाल पोखरेल

उदयपुर, १७ असाेज । राष्ट्रिय महत्वको आयोजना मदन भण्डारी लोकमार्गको काममा फेरी अड्चन देखा परेको छ । धरान-चतरा-भिमान खण्डका दुबैतर्फ माटो कटिङ भएका स्थानमा टेवा पर्खाल दिने या नदिने भन्ने बिषयमा विभागबाट निर्णय नआउँदा कालोपत्रे गर्ने अवस्थामा पुगेको यो सडकको काम अड्किएर बसेको हो ।

त्यसका अलवा विद्युत, पोल, सडक भित्र पर्ने घर र वन क्षेत्रका कारण पनि सडक निर्माणले गति लिन नसकेको आयोजनाका म्यानेजर निर्माण पोखरेलले बताए । कटारी नगरपालिका क्षेत्रको नामवली र गहिया क्षेत्रको करीब डेढ किलोमिटर सडक खण्डको डिजाइन परिवर्तन गरिएकाले त्यस क्षेत्रका बिद्युत पोल, घर र वन क्षेत्र समस्या बनेका छन् ।

सिन्धुली खण्डको सडकमा पर्ने विद्युत पोल सार्न गत साल नै ठेक्का लगाइए पनि हाल सम्म पोल सारिएको छैन । धरान-चतरा-हेटौडा पूर्वी खण्डको १ सय ३४ किलोमिटर मध्ये करीब ३५ किलोमिटरमा कालोपत्रे गर्ने तयारी गरिएपनि टेवा पर्खाल दिनुपर्ने अबस्था छ ।

सडकको दुबैतर्फ ठूलाठूला कटिङ भएकाले टेवा पर्खाल नदिई कालोपत्रे गर्दा सडक दीगो नहुने आयोजनाले जनाएको छ । सरकारले मदन–भण्डारी लोकमार्ग नामाकरण गरेको धरान-चतरा-हेटाैंडा सडक योजना दुई खण्डमा विभाजन गरेर निर्माणको लागि ठेक्का लगाइएको छ ।

धरानदेखि सिन्धुलीको भिमानसम्म पूर्वी खण्डमा पर्दछ । पूर्वी खण्डमा ४३ वटा पुल सहित १ सय ३४ किलोमिटर सडक निर्माण कार्य करिव दुई बर्षयता भईरहेको छ । विभिन्न खोलामा निर्माण हुने पक्की पुल बाहेक ६ अर्ब रुपैयाँको लागतमा ३ बर्ष भित्र सम्पन्न गर्ने गरी सडक निर्माणको काम भइरहेको सडक आयोजनाले जनाएको छ ।

यस खण्डमा पर्ने ४३ ओटा पुल निर्माणको ठेक्का भने कोभेक-रसुवा-टुन्दि जेभी कन्ट्रक्सनले लिएर काम गरिरहेको छ । सवारी साधनका लागि ७ मिटर र दायाँ बाँया सोल्जर क्षेत्र २/२ मिटर गरी ११ मिटर सडक कालोपत्रे हुने यो सडक २०७६ साल सम्ममा निर्माण सम्पन्न गर्ने गरी ठेकेदार कम्पनीले ठेक्का सम्झौता गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);