मुआब्जा विवादले मेची पुल निर्माण अलपत्र | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

मुआब्जा विवादले मेची पुल निर्माण अलपत्र

mechi pul

खगेन्द्र घिमिरे
झापा, १७ असोज
। एसियाली विकास बैङ्कको लगानीमा भारत सरकारले पूर्वी नेपालको मेची नदीमा बनाउन लागेको पुल मुआब्जा विवादका कारण अड्किएको छ । नेपाल–भारत सीमामा पर्ने पुल भारतको तर्फबाट बनाउन शुरु गरेपनि नेपालले आफ्नो पट्टीको मानव बस्तीलाई मुआब्जा दिन नसक्दा काम सुस्त भएको हो ।

एसियाली विकास बैङ्कको लगानीमा भारत सरकारले पूर्वी नेपालको मेची नदीमा बनाउन लागेको पुल नेपालपट्टी मुआब्जा विवादले अड्किएको छ । एसियाली विकास बैंकको लागानीमा भारतले पुल बनाउन शुरु गरेपनि नेपाल पट्टीको गाउँ खाली गराउन नसक्दा काम अड्किएको हो । भारतले भने भारततर्फको मानव बस्ती हटाएर पुल बनाउन थालिसकेको छ ।

नेपालका अधिकारीहरुका अनुसार बस्ती स्थानान्तरण र मुआब्जा वितरणको काम प्रक्रियामा रहेको बताएका छन । उचित मुआब्जा पाए बस्ती खाली गर्न तयार रहेको यस मानव बस्तीका बासिन्दाहरु बताउँछन् । साथै, संरचना अनुसारको उचित क्षतिपूर्ति दिए मात्रै आफुहरु अन्यन्त्र जान सकिने स्थानीयहरुको भनाई छ ।

एसियाली राजमार्ग अन्तर्गत नेपाल भारतबीचको सीमामा पर्ने मेची नदीमा भारतले उसको भूमिबाट पुल बनाउन सुरु गरिसकेको छ । तर नेपालपट्टि भने अझै सम्म पनि मानव बस्ती हट्न सकेको छैन । नयाँ पुलबाट आउने बाटोमा पर्ने काँकरभिट्टास्थित मेची डाँडा बस्तीका बासिन्दाको माग भने उचित मुआब्जा रहेको छ ।

पुल निर्माणका लागि मेची डाँडाका कूल ४४ घर सरकारी अधिग्रहणमा पर्ने भएका हुन् । मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यका अनुसार पुल आसपासका बस्तीका घर परिवारलाई कसरी स्थानान्तरण गर्ने र मुआब्जा वितरण गर्ने भन्ने विषयमा प्रक्रिया अगाडी बढीरहेको बताए।

स्थानीयले केही दिन अघि उचित क्षतिपूर्तिको माग राख्दै पुल निमार्णको काम रोकेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);