कांग्रेसको समानुपातिक सूचीमा को-को परे ? (नामावली सहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

कांग्रेसको समानुपातिक सूचीमा को-को परे ? (नामावली सहित)

काठमाडौं, ३१ असोज । नेपाली कांग्रेसले यसपटक अधिकांश ठूला नेताहरुलाई समानुपातिक तर्फको उम्मेदवार बनाएको छ। यसरी समानुपातिक तर्फ उम्मेदवार बन्ने कांग्रेसका नेताहरुमा कृष्णप्रसाद सिटौलादेखि सुजाता कोइरालासम्म छन्।

केबी गुरुङ, बालकृष्ण खाण, दिलेन्द्रप्रसाद बडू, किशोरसिंह राठोर, कृष्णचन्द्र नेपाली, सीतादेवी यादव र चित्रलेखा यादवको नाम समानुपातिकको सूचीमा छ। त्यसैगरी महालक्ष्मी उपाध्याय ‘डिना’, पुष्पा भुसाल, लक्ष्मी परियार, सुजाता परियार, डिला संग्रौला, उमा रेग्मी, मीना पाण्डे र मञ्जु खाण समानुपातिक उम्मेदवार बनेका छन्।

मृदुला कोइरालालार्इ पनि कांग्रेसले यसपटक समानुपातिकतर्फको उम्मेदवार बनाएको छ । मधु शाही, रीता खनाल, सीता गुरुङ, ज्ञानकुमारी छन्त्याल, बहादुरसिंह लामालगायतको नाम पनि यसपटक समानुपातिकमा छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);