नेपाली कांग्रेसको बन्दसूची : कृष्णप्रसाद सिटौला सेफ साइडमा, अरु को-को परे ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

काठमाडौँ, ३० असोज ।  नेपाली कांग्रेसले ८ जना केन्द्रिय सदस्यसहितको समानुपातिक उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ । बन्दसूचिमा कांग्रेसका शीर्ष नेताहरुसमेत समावेश गरिएको छ।

२०६४ सालको संविधान सभा निर्वाचनमा झापा क्षेत्र नम्बर ३ बाट पराजित भएका कृष्ण सिटौलाको नाम बन्दसूचिको एक नम्बरमा राखिएको छ । सोही क्षेत्रबाट २०७० को संविधान सभा निर्वाचनमा भने निर्वाचित भएका सिटौला समानुपातिकतर्फबाट चुनिने पक्का भएका छन्।

यसअघि २०४८ सालको निर्वाचन र २०५१ सालको मध्यावधि निर्वाचनमा पराजित भएका सिटौला २०५६ सालको चुनावमा पहिलो पटक संसद सदस्यमा विजयी भएका थिए। सिटौलाका अतिरिक्त केबी गुरुङ, बालकृष्ण खाण, सुजाता कोइराला र पुष्पा भुषालसहित आठ केन्द्रीय सदस्यको नाम समानुपातिकको बन्दसूचीमा रहेको छ।

संविधानअनुसार प्रतिनिधि सभाका लागि ११० र प्रदेश सभाका लागि २२० को सूची दर्ता गरिएको छ। प्रतिनिधि सभाको समानुपातिक सूचीमा खस आर्य पुरुष र महिला १७-१७, जनजाति पुरुष र महिला १६-१६, थारू महिला चार र पुरुष तीन, दलित महिला आठ र पुरुष सात, मधेशी महिला नौ र पुरुष आठ एवम् मुस्लिम महिला तीन र पुरुष दुईको सूची दर्ता गरिएको हो। प्रतिनिधि सभामा महिला ५७ र पुरुष ५३ को सूची तयार भएको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);