स्थानीय तह निर्वाचनका लागि कांग्रेसले टुंग्यायो उम्मेद्वार | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

काठमाडौँ, १४ भदौ । प्रदेश नं. २ मा असोज २ गते हुने तेस्रो चरणको स्थानीय तह निर्वाचनका लागि सत्ता गठबन्धनको प्रमुख दल कांग्रेसले उम्मेदवार बुधबार सार्वजनिक गर्ने तयारी गरेको छ। शनिबारदेखि २ नम्बर प्रदेशका नेतासँग लगातार छलफल गरेको कांग्रेस महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, नेता विमलेन्द्र निधिसहितका नेताले उम्मेदवार टुंगो लगाएका हुन्।

 

उम्मेदवार छनोट गर्ने छलफलमा दुई नम्बर प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य रामकृष्ण यादव, आनन्दप्रसाद ढुंगानालगायत सहभागी थिए। कृषिमन्त्री एवं केन्द्रीय सदस्य रामकृष्ण यादवले करिब दुई नम्बरका सबै ठाउँको उम्मेदवार टुंग्याएको जानकारी दिए। ‘अन्य पार्टीका उम्मेदवार हेरेपछि बुधबार साँझ वा बिहीबार बिहानसम्म हाम्रा उम्मेदवार सार्वजनिक गर्छौँ’, उनले भने ।

 

पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले जिल्लाबाट आएको नामबाट उम्मेदवार तय गर्न महामन्त्री कोइराला र विमलेन्द्र निधिलाई दिएका थिए । देउवाको यो निर्णयप्रति २ नम्बर प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यले असन्तुष्टि व्यक्त गरेपछि उनीहरूलाई पनि छलफलमा सहभागी गराइएको थियो। यसअघि उम्मेदवार छनोटबारे पार्टी सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका नेता जनकपुर पुगेर स्थानीय नेता तथा कार्यकर्तासँग छलफल गरेका थिए।

 

उम्मेदवार टुंगो नलगाएको भन्दै आइतबार कांग्रेस केन्द्रीय सदस्य शेखर कोइरालाले फेसबुकमा असन्तुष्टि पोख्दै पार्टी नेतृत्वको आलोचना गरेका थिए। पार्टी स्रोतका अनुसार उम्मेदवारी छनोटमा पार्टीभित्रका गुटले प्रभाव पारेपछि नाम टुंग्याउन पार्टीलाई हम्मे-हम्मे परेको थियो।

 

निधिले देउवा खेमाको उम्मेदवारलाई प्राथमिकतामा राखेपछि पौडल समूहका महामन्त्री कोइराला तथा केन्द्रीय सदस्य रामकृष्ण यादव, आनन्दप्रसाद ढुंगाना र कोषाध्यक्ष सीतादेवी यादवले असन्तुष्टि व्यक्त गरेका थिए। आजको अन्नपूर्ण पोस्ट दैनिकले खबर छापेको छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);