कांग्रेसले बनायो टिकट दिने शक्तिशाली समिति, खुमबहादुर पनि सदस्य | ईमाउण्टेन समाचार

Our Network

भदौ २० २०८३, आइतबार

काठमाडौं, २६ असोज । नेपाली कांग्रेसले आगामी निर्वाचनमा उम्मेदवार छनोट गर्ने शक्तिशाली संसदीय समिति गठन गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा हिजो बुधबार दिउँसो बसेको कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठकले पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा १७ सदस्यीय समिति गठन गरेको हो।

समितिमा बरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला र कोषाध्यक्ष सितादेवी यादव छन्। त्यस्तैगरी नेताहरु गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, पूर्णबहादुर खड्का, रामशरण महत, ज्ञानेन्द्रबहादुर कार्की, महेश आचार्य, प्रकाशसरण महत, बालकृष्ण खाँड, अर्जुननरसिंह केसी र चित्रालेखा यादव पनि संसदीय समितिमा सदस्य चयन भएका छन्।

समितिमा भ्रष्टाचारको अभियोगमा दोषी ठहर भइसकेका खुमबहादुर खड्का पनि अटाएका छन्। कानुनीरुपमा उनी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उम्मेदवार बन्न समेत योग्य छैनन् तर, उम्मेदवार छान्ने जिम्मेवारी पाएका छन्। संसदीय समितिले केन्द्रीय कार्यसमितिको म्याण्डेट अनुसार असोज २७ गतेसम्म प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार चयन गर्ने बताइएको छ।