कांग्रेसको संसदीय समितिद्वारा काम सुरु, समानुपातिक नामावलीका विषयमा छलफल हुँदै | ईमाउण्टेन समाचार

Our Network

असोज ४ २०८३, सोमबार

काठमाडौं, २६ असोज । प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसले आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पार्टीका तर्फबाट समानुपातिक बन्दसूचीको नामावली तयार गर्ने गृहकार्य शुरु गरेको छ।

पार्टीका तर्फबाट संसद्को निर्वाचनमा उम्मेदवार चयन गर्नका लागि संसदीय समिति गठन भएकै दिनदेखि बन्दसूची तयार गर्ने कार्य शुरु गरेको पार्टीका नेता एवं संसदीय समितिका एक सदस्यले बताए।

समितिको पहिलो बैठकले यही असोज २८ गतेसम्म बन्दसूची तयार गर्नेगरी काम शुरु गरेको उनले बताए। जिल्लाबाट प्राप्त भएका नामावलीको सूची आजै पार्टी कार्यालयले समितिमा बुझाएको थियो।

समितिले केन्द्रीय कार्यालयबाट प्राप्त सूचीमा आवश्यक छलफल गरी निश्चित मापदण्ड बनाएर नामावली तयार गर्ने छ। हिजो कांग्रेसले उम्मेदवार छनौट गर्नका लागि १७ सदसीय शक्तिशाली संसदीय समिति गठन गरेको थियो।

ताजा समाचार