रामचन्द्र पौडेल उत्तेजित भएको शशांकको आरोप | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

रामचन्द्र पौडेल उत्तेजित भएको शशांकको आरोप

ramchandra paudel

काठमाडौं, १७ वैशाख । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले पार्टीका नेता रामचन्द्र पौडेल उत्तेजित भएको आरोप लगाएका छन् । उनले संयमित हुन नेता पौडेललाई आग्रह पनि गरेका छन् ।

पदाधिकारी मनोनयनका क्रममा विवाद उब्जिएका बेला महामन्त्री कोइरालाबाट यस्तो टिप्पणी आएको हो । आफ्नै आग्रहमा सभापति शेरबहादुर देउवाले आजको मनोनयन कार्यक्रम स्थगित गरेको कोइरालाको भनाइ छ ।

सोमबार विहान पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकारलाई प्रतिक्रिया दिँदै महामन्त्री कोइरालाले पार्टी केन्द्रीय कार्य समितिको बैठकमा ‘बहुमतीय प्रक्रियाबाट निर्णय लिएको’ भन्ने नेता पौडेलको अभिव्यक्तिको खण्डन गरेका छन् ।

महामन्त्री कोइरालाले पार्टीलाई एकतावद्ध बनाएर अघि लैजानुको विकल्प नरहेको पनि स्पष्ट पारेका छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);