देउवालाई सभापति बन्नबाट रोक्ने शशांकको दावी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

देउवालाई सभापति बन्नबाट रोक्ने शशांकको दावी

shashank-jhapa

झापा, २८ पुस । कांग्रेस महामन्त्री डाक्टर शशांक कोइरालाले पार्टीको आगामी १४ औ महाधिबेशनबाट शेरबहादुर देउवालाई सभापति बन्नबाट रोक्ने बताउनुभएको छ ।

सोमबार झापाको बिर्तामोडमा नेपाल प्रेस युनियनले गरेको पत्रकार भेटघाटमा महामन्त्री कोइरालाले महाधिवेशनबाट पार्टीको नेतृत्व परिवर्तन गर्न वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्ण सिटौला समूहबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले कांग्रेसमा नेतृत्व परिवर्तन जरुरी रहेको भन्दै देउवालाई सभापति बन्नबाट रोक्ने दावी गर्नुभयो ।

महामन्त्री कोइरालाले देउवाले पार्टी चलाउने भन्दा पनि गुटमात्रै चलाउने गरेको आरोप लगाउनुभयो । कोइरालाले सभापति देउवासँग पुस ११ गते केन्द्रीय कार्यसमिति बैठकको बहुमतबाट गरेका निर्णय सच्याउनुको विकल्प नरहेको समेत उल्लेख गर्नुभयो । उहाँले सरकारले सुचना प्रविधि बिधेयक मार्फत स्वतन्त्र प्रेसमाथि हस्तक्षेप गर्न खोज्नु निन्दनीय रहेको बताउनुभयो ।

patrakar bhetghat jhapa

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);