'नागरिकको मौलिक अधिकार व्यवहारमा कार्यान्वयन नभएको आरोप' | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

‘नागरिकको मौलिक अधिकार व्यवहारमा कार्यान्वयन नभएको आरोप’

manabadhikar

काठमाडौं, २८ पुस । मानव अधिकार हननका घटनाको संख्यामा केही कमी आएपनि व्यवहारमा भने कमी नआएको सरोकारवालाहरुले बताएका छन् । नेपालको संबिधानले प्राथमिकतामा राखेको नागरिकको मौलिक अधिकार व्यवहारमा भने खासै कार्यान्वयन नभएको मानव अधिकारकर्मीहरुको भनाइ छ ।

मानव अघिकार अत्यन्तै सम्बेदनशील बिषय हो । नेपालमा पनि मानव अधिकारलाई संविधानले नै सुरक्षित गरेको भएपनि व्यवहारमा भने प्रयोगमा नआएको सरोकारवालाहरुले आरोप लगाएका छन् ।

मानव अघिकार आयोगले सोमबार ललितपुरमा आयोजना गरेको विश्वव्यापी आवधिक समीक्षा कार्यक्रममा सहभागी संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितीका सभापति पबित्रा निरौलाले मानव अधिकार आयोगलाई राजनितीक हस्तक्षेपबाट टाढै राखेर स्वतन्त्र बनाउनु पर्ने धारणा राख्नुभयो ।

यसैगरी राज्य व्यवस्था समितीका सभापति शशि श्रेष्ठले मानव अधिकार कुरा र कागजमा मात्र सिमित नभइ कार्यान्वयन पक्ष बलियो हुनु पर्ने उल्लेख गर्नुभयो ।

कार्यक्रमा परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले मानव अघिकार आयोग र सरकार एकअर्काको परिपुरक भएकाले सरकार मानव अधिकार रक्षाका लागि प्रतिबद्ध रहेको बताउनु भयो ।

कार्यक्रममा मानव अघिकार आयोगका अध्यक्ष अनुपराज शर्माले मानव अधिकार आयोग अहिले कुपोषणको शिकार भएको भन्दै व्यङग्य गर्नुभयो । नेपालमा सबै आयोगहरु केही न केही अपुरो अवस्थामा रहेको उहाँको भनाइ थियो ।

हरेक चार बर्षमा संयुक्त राष्ट्र संघको सदस्य भएका राष्ट्रहरुले आफनो देशमा भएका मानव अधिकारमा भएका प्रगतीको समिक्षा सहितको प्रतिबेदन प्रस्तुत गर्ने गर्दछ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);