प्रचण्ड ओलीसँग टाढिदै देउवासँग नजिकिदै | ईमाउण्टेन समाचार

Our Network

चैत ४ २०८०, आइतबार

प्रचण्ड ओलीसँग टाढिदै देउवासँग नजिकिदै

KP-oli-Prachanda-Shre-br-deuwa

काठमाडौं, २१ माघ । प्रधानमन्त्री प्रचण्डको सत्ता गठबन्धनका मुख्य दलहरुसँग खटपट बढेको छ । उनी विशेषगरी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसँग असन्तुष्ट छन् । कठिन घडीमा प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गर्ने यीनै तीन नेता थिए ।

विशेषगरी ओलीसँगको सम्बन्धमा चीसोपन बढ्दै जानुमा राष्ट्रपतिमा कस्लाई उम्मेदवार बनाउने र रवि लामिछानेको गृहमन्त्रीमा दाबी नै हो । प्रचण्ड राष्ट्रिय सहमतिबाट राष्ट्रपति चयन गर्नुपर्ने पक्षमा छन् तर ओली विगतको भद्र सहमति सम्झाउँदै आफूले भनेबमोजिमको उम्मेदवार बन्नुपर्ने पक्षमा छन् । यसै विवादमा रवि लामिछानेको गृहमा दाबीले प्रचण्ड र ओली फरक लाइनमा छन् । प्रचण्ड रविलाई कुनै हालतमा गृहमन्त्री नदिने पक्षमा छन् भने ओली उनैलाई दिनुपर्ने पक्षमा छन् ।

सरकारभित्र बहुपक्षमा विवाद भएसँगै प्रचण्डले विकल्पमा जानेगरी ध्यान दिन थालेका छन् । उनी नेपाली काँग्रेससँग निकटता बढाउन खोजिरहेका छन् । विभिन्न सूत्रमार्फत् प्रचण्डको नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग कुराकानी चलिरहेको छ । यसरी उनी देउवासँग नजिकिइरहेका छन् । कुनैपनि बेला सत्ता गठबन्धन टुटेर चुनाव अघिको पुरानै गठबन्धनमा प्रचण्ड फर्कने सम्भावना बढ्दै गइरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);