रविको पक्षमा खुले ओली | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

रविको पक्षमा खुले ओली

काठमाडौं, २२ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई गृह मन्त्रालय दिने पक्षमा उभिदै आएका छन् । प्रधानमन्त्री प्रचण्डले रविलाई गृहबाहेकको मन्त्रालय छान्न भनिरहँदा ओलीले भने फरक संकेत गरेका छन् । उनले रवि लामिछानेको सांसद पद खारेज गर्ने सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि जनाए ।

प्रतिनिधि सभामा बोल्दै ओलीले फैसलाले कस्लाई न्याय भयो भनी प्रश्न गरे । रविको बचाऊ गर्दै ओलीले भने, ‘ढोका खुल्ला देखेर फुत्त पसेको होइन । निर्वाचन आयोगले उम्मेदवार हुन पाउने गरी सदर गरेर चुनाव लड्दा अत्याधिक बहुमतले प्रतिनिधि छानेको हो ।’

ओलीले बुढो बाघको कथा सुनाउँदै काँग्रेसमाथि व्यङ्ग्य गरे । सुनको बाला देखाएर बूढो बाघले शिकारीलाई लोभ्याएको भन्दै नेकपा माओवादीप्रति उनको व्यङ्ग्य केन्द्रित थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);