रवि लामिछानेको पार्टीद्वारा सरकार छाड्ने निर्णय | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

रवि लामिछानेको पार्टीद्वारा सरकार छाड्ने निर्णय

काठमाडौं, २२ माघ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार छाड्ने निर्णय गरेको छ । आज बसेको केन्द्रीय कमिटी बैठकले सरकार छाड्ने निर्णय गरेको हो । तर, सरकारलाई दिएको समर्थन पने उसले कायमै राखेको छ ।

उपप्रधानसहित गृह मन्त्रालय नपाए सरकार छाड्ने भन्दै आएको लामिछानेको दलले दुई दिनको अल्टिमेटम पनि दिएको थियो । समय सकिएको दुई दिन बित्दा पनि प्रधानमन्त्री प्रचण्ड रविको दललाई गृह दिन तयार नभएपछि सरकार छाड्ने निर्णयमा पुगेको हो ।

सरकारलाई दिइआएको समर्थन कायमै रहेकाले भने प्रचण्डलाई केही राहत भएको छ । तर, रविको पछिल्लो कदमले सरकारको स्थायित्वमाथि प्रश्न उठेको छ । अर्कोतर्फ, राष्ट्रपतिको आसन्न निर्वाचन पनि रोचक मोडतर्फ बढेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);