प्रतिनिधि सभा विघटनपछि सत्तारुढ नेकपाको संकट थप गहिरियाे | ईमाउण्टेन समाचार

Our Network

चैत १७ २०८०, शनिबार

प्रतिनिधि सभा विघटनपछि सत्तारुढ नेकपाको संकट थप गहिरियाे

काठमाडौं, ६ पुष । प्रतिनिधि सभा विघटनपछि सत्तारुढ नेकपाको संकट थप गहिरिएको छ । पार्टीलाई आफ्नो पक्षमा पार्न प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कसरत गरिरहेका छन् ।

पार्टीको संस्थापन रहेको प्रधानमन्त्री तथा अध्यक्ष ओली पक्षधर विघटित प्रतिनिधि सभाका सांसदहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न भयो । उता अर्का अध्यक्ष दाहाल पक्षधर विघटित प्रतिनिधि सभाका सांसदहरुको भेला संघीय संसद् भवन नयाँ बानेश्वरमा भएको थियो ।

यसैबीच नेकपा केन्द्रिय कमिटीको बैठक मंगलबार बोलाइएको छ । अध्यक्ष ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ९ बजे बैठक आव्हान गर्नुभएको छ भने अर्का अध्यक्षले दाहाल पक्षले बबरमहलको कार्की बैक्वेटमा केन्द्रीय कमिटीको बैठक बोलाइएको छ । दुई अध्यक्षबाट छुट्टाछुट्टै बैठक बोलाइएपछि कतिपय केन्द्रीय सदस्यहरुले आफू अन्योलमा परेकोे बताएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);