नेपाललाई स्वास्थ्य सामाग्री सहयोग गर्न अष्ट्रेलियन सरकारलाई सांसद रोल्यान्डको पत्र | ईमाउण्टेन समाचार

Our Network

वैशाख ४ २०८३, शनिबार

नेपाललाई स्वास्थ्य सामाग्री सहयोग गर्न अष्ट्रेलियन सरकारलाई सांसद रोल्यान्डको पत्र

एजेन्सी । अष्ट्रेलियाको सिड्नीस्थित राज्यसभाकी सांसदले कोभिड–१९ महामारीविरुद्ध नेपाललाई सहयोग गर्न अष्ट्रेलियन सरकारसमक्ष जोडदार माग गरकी छिन् ।

सांसद मिचेल रोल्यान्डले बुधबार राज्य सभाको फेडरेसन चेम्बरलाई पत्र लेख्दै तत्काल स्वास्थ्य सहायताका लागि सहयोग गर्न आफ्नो सरकारलाई आग्रह पत्र लेखेकी हुन् ।

पश्चिम सिड्नीको ग्रीनवे राज्यकी सांसद तथा छाँया संचारमन्त्री समेत रहेकी रोल्यान्डले स्वास्थ्य सामग्री आपूर्तिका लागि सरकारले अष्ट्रेलियास्थित नेपाली दूतावाससँग मिलेर काम गर्नुपर्नेमा पनि सुझाएकी छिन् ।

सांसद रोल्यान्डले नेपालमा कोरोनाभाइरस महामारीको पछिल्लो अवस्थाप्रति पत्रमार्फत जानकारी समेत गराएकी छिन् ।

Leave a Reply