लिपुलेक, लिम्पियाधुरा, कालापानीको लागि बजेट नछुट्टयाउनुले सरकारप्रति शंका उब्जियोः सांसद शर्मा | ईमाउण्टेन समाचार

Our Network

जेठ ९ २०८१, बुधवार

लिपुलेक, लिम्पियाधुरा, कालापानीको लागि बजेट नछुट्टयाउनुले सरकारप्रति शंका उब्जियोः सांसद शर्मा

काठमाडौं । नेकपा(एमाले)की सांसद दीपा शर्माले लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रका लागि सरकारले बजेट नछ्ट्याउनुले शंका उब्जाएको बताउनुभएको छ ।

सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद शर्माले नेपाली भूमि लिपुलेक, लिम्पियाधुरा, कालापानीको विकास र सिमा संरक्षण गर्न सरकारले बजेट नछुट्याउनुले शंका उब्जिएको बताउनुभएको हो ।

उहाँले सो क्षेत्रका नागरिकहरुको जनगणना किन गरिएन भन्ने प्रश्न समेत गर्नुभयो । उहाँले भारतमा ग्रेटर भारताको नक्शामा नेपाली भूमि समेटिएको विषयमा सरकार बोल्नुपर्ने बताउनु भयो । उहाँले भारत सरकारलाई पत्र पठाएर सो नक्शा खारेज गर्न लगाउनुपर्ने माग गर्नुभयो । उहाँले इपिजी प्रतिवदेन नेपालका प्रधानमन्त्रीले एकतर्फी रुपमा बुझेर भएपनि त्यहाँ उल्लेखित विषयहरु नेपाली जनतालाई सार्वजनिक गर्नुपर्ने बताउनु भयो ।

उहाँले एमसीसी परियोजना कार्यान्वयनका लागि सरकारको तयारीको सम्बन्धमा पनि प्रश्न गर्नुभयो । उहाँले परराष्ट्र मन्त्रालयमा विनियोजित बजेट कम भएको बताउनु भयो । विनियोजित बजेटले कुटनीतिक मर्यादालाई व्यवस्थित गर्न नसक्ने उहाँले बताउनु भयो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);