राष्ट्रपति चयनका लागि मतदान जारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

राष्ट्रपति चयनका लागि मतदान जारी

नयाँ राष्ट्रपतिका लागि बहालवाला राष्ट्रपति विद्यादेवी भण्डारी र कुमारी लक्ष्मी राई मैदानमा छन

matdan jari

काठमाडौं, २९ फागुन । नयाँ राष्ट्रपति चयनका लागि मतदान जारी रहेको छ । नयाँ राष्ट्रपतिका लागि बहालवाला राष्ट्रपति विद्यादेवी भण्डारी र कुमारी लक्ष्मी राई मैदानमा छन । भण्डारीलाई वाम गठबन्धनले तथा राईलाई नेपाली कांग्रेसले उम्मेदवार बनाएका हुन् ।

नयाँ राष्ट्रपति चयनका लागि अपरान्ह ३ बजेसम्म संघीय संसद् भवनमा मतदानको कार्यक्रम छ । संघीय संसद्का ३ सय ३१ र प्रदेशसभाका ५ सय ४९ जना गरी ८ सय ८० जना मतदाता रहेका छन् । मतदाताहरुले लाइनमा बसेर मतदान गरेका छन् ।

राप्रपा प्रजातान्त्रिकले नेपाली कांग्रेसकी उम्मेदवार राईलाई मत दिने निर्णय गरेको छ । विवेकशील साझा र नयाँ शक्ति पार्टीले भने निर्वाचनमा भाग नलिने भएका छन् । संघीय संसद र प्रदेश सभाका सदस्यले मतदान गर्ने भएकाले भण्डारीको जित निश्चित छ । संघीय संसद् र ६ वटा प्रदेशसभामा वाम गठबन्धनको वहुमत छ ।

प्रदेश नम्बर २ मा संघीय समाजवादी र राजपाको वहुमत रहेकामा ती दुई दलले पनि भण्डारीलाई मत दिने निर्णय गरिसकेका छन् । निर्वाचन अधिकृतको कार्यालयले अपरान्ह ४ बजेपछि मतगणना गरिने बताएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);