राप्रपाले राष्ट्रपति चुनावमा मतदान नगर्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख २३ २०८१, आइतबार

राप्रपाले राष्ट्रपति चुनावमा मतदान नगर्ने

काठमाडौं, २४ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रपति निर्वाचनमा तटस्थ बस्ने निर्णय लिएको छ । आज बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले राष्ट्रपति निर्वाचनको मैदानमा सहभागी नहुने निर्णय लिएको हो ।

राप्रपा प्रवक्ता मोहन कुमार श्रेष्ठका अनुसार पार्टीले फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनको मतदानमा सहभागी नहुने, तटस्थ बस्ने सर्वसम्मत निर्णय गरेको छ ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन नेकपा एमालेका उम्मेदवार सुवास नेम्वाङलाई मत दिने निर्णय गराउने पक्षमा भएपनि बहुसंख्यक कार्यसम्पादन समितिका सदस्यहरु कसैको पक्षमा पनि नलाग्ने अडानमा बसेपछि पछिल्लो निर्णय आएको हो ।

राप्रपा राजसंस्थासहितको हिन्दुराष्ट्रको पक्षमा छ । उसले यसकारण पनि राष्ट्रपति चुनावमा मतदान नगर्ने नीति लिदै आएको छ ।

राप्रपाको निर्णयले नेपाली काँग्रेसका उम्मेदवार रामचन्द्र पौडेलको जीतलाई झन् सुनिश्चित बनाउँदै लगेको छ । पौडेलको पक्षमा १० दलले समर्थनको निर्णय गरिसकेका छन् । नेम्वाङको पक्षमा अहिलेसम्म उनको दल एमालेमात्र खुलेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);