राप्रपाले उपराष्ट्रपति निर्वाचनमा मत नहाल्ने | ईमाउण्टेन समाचार

Our Network

जेठ ५ २०८१, शनिबार

राप्रपाले उपराष्ट्रपति निर्वाचनमा मत नहाल्ने

काठमाडौं । राजसंस्था सहितको हिन्दूराष्ट्रको मुद्दा उठाउँदै आएको दल राष्ट्रिय प्रजातन्त्र पार्टीले उपराष्ट्रपति निर्वाचनमा मत नहाल्ने निर्णय गरेको छ । आज बुधवार बसेको राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उपराष्ट्रपति निर्वाचनमा तटस्थ बस्ने निर्णय लिएको हो ।

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले भने– आसन्न उपराष्ट्रपति निर्वाचनको मतदानमा हामीले मत नदिने, तटस्थ बस्ने निर्णय गरेका छौं ।

राप्रपा नेपालको प्रतिनिधि सभामा पाँचौं ठूलो शक्ति हो । उसले राष्ट्रपति निर्वाचनमा पनि कसैलाई मतदान गरेन ।

३ चैत्रमा हुन गइरहेको नेपालको उपराष्ट्रपति निर्वाचनमा औपचारिक रुपमा चारजना उम्मेदवार भएपनि एकले उम्मेदवारी फिर्ताको स्वघोषणा गरिसकेकी छिन् ।

अब चुनावी मैदानमा जनता समाजवादी पार्टीका रामसहाय प्रसाद यादव, जनमत पार्टीकी ममता झा र नेकपा एमालेकी अष्टलक्ष्मी शाक्य छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);