१० दलीय गठबन्धनको बैठक निस्कर्षबिहीन | ईमाउण्टेन समाचार

Our Network

असोज ७ २०८३, बिहीबार

१० दलीय गठबन्धनको बैठक निस्कर्षबिहीन

काठमाडौं । १० दलीय गठबन्धनको बैठक बिना निस्कर्ष टुंगिएको छ ।

बुधवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको १० दलीय गठबन्धन निस्कर्षबिहीन टुंगिएको हो । बैठकमा उपराष्ट्रपति निर्वाचनको बारेमा छलफल भएको (माओवादी केन्द्र) का नेता शक्ति बस्नेतले बताउनु भयो । उहाँले १० दलका बीचमा सकारात्मक रुपमा बैठक सकिएको र बिहीवार बसेर थप निर्णय गर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘उपराष्ट्रपति निर्वाचनको लागि १० दलको बीचमा समझदारी कायम गर्ने बारेमा छलफल भएको थियो । छलफल सकारात्मक भएको छ । भोलि यो विषयमा बसेर एउटा निर्णय हुनेछ । आवश्यक्ताअनुसार बैठक बस्नेछ । बाँकी विषयमा पनि सामान्य छलफल शुरु भएको छ ।’

नेता बस्नेतले सरकार बिस्तार लगायतका विषयमा पनि बैठकमा छलफल शुरु भएको बताउनु भयो ।

Leave a Reply