सत्तागठबन्धनको बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

सत्तागठबन्धनको बैठक बस्दै

काठमाडौं, १५ चैत्र । १० दलीय गठबन्धनको बैठक आज पनि बस्दैछ । मन्त्रालयको भागवन्डा र सरकारको न्युनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिन बैठक बिहान ९ बजे बस्न लागेको हो ।

मंगलवार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको १० दलीय गठबन्धनको बैठक निष्कर्ष बिना नै सकिएको हो । मन्त्रीपरिषद् बिस्तारको निर्णय गर्न बसेको बैठक दलहरुले आफ्नो आफ्नो दाबी नछोड्दा बिना निस्कर्ष सकिएको थियो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले बैठक सकारात्मक रहेको र बुधवार पुनः बसेर निस्कर्ष निकाल्ने बताएका थिए ।

हिजोको बैठकमा सरकारको न्युनतम साझा कार्यक्रमको मस्यौदा छलफलका लागि पेस भएको थियो । आज बस्ने बैठकले भागबण्डाको बारेमा छलफल गर्न र सरकार चाँडो भन्दा चाँडो सरकार बिस्तार गर्नेबारे छलफल गर्नेछ । मन्त्रालयका बारेमा कुनै विवाद नभएको लेखकको भनाइ छ ।

हिजोको बैठकमा सरकारको न्युनतम साझा कार्यक्रमको मस्यौदा छलफलका लागि पेस भएको थियो । आज बस्ने बैठकले भागबण्डाको बारेमा छलफल गर्न र सरकार चाँडो भन्दा चाँडो सरकार बिस्तार गर्ने छ । मन्त्रालयका बारेमा कुनै विवाद नभएको लेखकले बताए ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);