उपराष्ट्रपतिको साझा उम्मेदवार छान्न १० दलीय गठबन्धनको बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

उपराष्ट्रपतिको साझा उम्मेदवार छान्न १० दलीय गठबन्धनको बैठक बस्दै

काठमाडौं, २ चैत्र । बुधबार बसेको १० दलीय गठबन्धनको बैठक बिना निस्कर्ष टुंगिएपछि आज फेरी बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने १० दलीय गठबन्धनको बैठकमा उपराष्ट्रपति निर्वाचनको बारेमा छलफल हुनेछ ।

बुधबार १० दलका बीचमा सकारात्मक रुपमा बैठक सकिएको र बिहीवार बसेर थप निर्णय गर्ने नेकपा माओवादीका नेता शक्ति बस्नेतले बताए ।

नेता बस्नेतले सरकार बिस्तार लगायतका विषयमा पनि बैठकमा छलफल शुरु भएको बताउनु भयो । सत्ता गठबन्धनबाट उपराष्ट्रपतिमा दुई उम्मेदवार चुनावी मैदानमा छन् उनीहरु मध्ये एकजनालाई साझा उम्मेदवार बनाउन गठबन्धनभित्र आजको बैठकमा छलफल हुने जनाइएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);