माओवादीलाई बाहिर राखेर एमालेसँग सहकार्य हुँदैनः उपसभापति खड्का | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

माओवादीलाई बाहिर राखेर एमालेसँग सहकार्य हुँदैनः उपसभापति खड्का

काठमाडौं, २६ फागुन । नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले पदको लोभका कारण पुस १० गते काँग्रेस सहितको गठबन्धन भत्किएको स्वीकार गर्नुभएको छ । शुक्रवार ललितपुरको बोडे गाउँमा रहेको पूर्वप्रधानमन्त्री स्व. कृष्णप्रसाद भट्टराईको आश्रममा पुगेर उहाँको शालिकको दर्शन गर्दै उहाँले यस्तो स्वीकार्नुभएको हो ।

उहाँले नेपाललाई रुपान्तरण गर्ने, स्थायी शान्तिको जगमा सबै दलहरु मिलेर मुलुकको आर्थिक उन्नति र प्रगतिको लागि बेगमा मुलुकलाई लैजाने संकल्प गरेर चुनाव गएपछि सहमति अनुसार कार्यान्वयन हुन नसक्दा तत्कालीन गठबन्धन भत्किएपनि आन्तरिक रुपमा सच्याएर अघि बढेको बताउनु भयो । उपसभापति खड्काले पुस १० गतेपछि नै आफूसहित पार्टीले एजेण्डामा सहमति भएका दलहरुबीचमा आन्तरिक रुपमा सुक्ष्म तरिकाले विभिन्न चरणमा संवाद अघि बढाउँदै लैजानुको परिणाम बिहीवार राष्ट्रपति पदमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल विजयी हुनुभएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपाललाई रुपान्तरण गर्ने, स्थायी शान्तिको जगमा सबै दलहरु मिलेर मुलुकको आर्थिक उन्नति र प्रगतिको लागि बेगमा मुलुकलाई लैजाने संकल्प गरेर गएका थियौँ । तत्कालीन गठबन्धनको बहुमत पुग्नेगरी मत परिणाम पनि आयो । दुर्भाग्यवश पुस १० गते एजेण्डाहरुमा सहमत भएका दलहरु पदको कारणले, मैले भन्नुपर्छ, गठबन्धन भत्कियो । त्यसै दिनदेखि पनि हामीले एजेण्डामा सहमति भएका दलहरुबीचमा आन्तरिक रुपमा सुक्ष्म तरिकाले विभिन्न चरणमा संवाद हुँदै गयो । र अन्ततोगत्वा यो परिस्थिति बन्यो ।’

उपसभापति खड्काले उपराष्ट्रपति निर्वाचनको बारेमा केही समझदारी र सहमति भएपनि गठबन्धनबीचमा जनता समाजवादी पार्टीलाई नै उपराष्ट्रपति दिने भन्ने बारेमा निर्णय नभइसकेको बताउनु भयो । उहाँले अब छिटै नै गठबन्ध्नको बैठक बसेर औपचारिक निर्णय गर्ने बताउनु भयो । उहाँले दलहरुको बीचमा सहमति गरेर उपराष्ट्रपतिको निर्वाचनमा पनि सकारात्मक परिणाम ल्याउने बताउनु भयो । उहाँले भन्नुभयो, ‘उपराष्ट्रपति निर्वाचनको बारेमा केही समझदारी, सहमति भएका छन् । प्रधानमन्त्रीजीले त्यसको संयोजन गर्नुहुनेछ । सम्बन्धित दल र नेताहरुको बैठक बोलाएर औपचारिक रुपमा निर्णयमा पुग्छौँ । दलहरुको बीचमा सहमति गरेर उपराष्ट्रपतिको निर्वाचनमा पनि सकारात्मक परिणाम आउनेछ । जसपालाई उपराष्ट्रपति दिनेकुरा ८ दलको बीचमा प्रवेश गरिसकेका छैन । त्यसैले ८ दलको बैठक बसेर औपचारिक निर्णय हुन्छ ।’
उपसभापति खड्काले काँग्रेस र माओवादीलाई दुईतिर राखेर एमालेसँग काँग्रेसले सहमति गर्नेकुरा सपनामा पनि नसोच्न आग्रह गर्नुभयो । उहाँले पुस १० गते गठबन्धन भत्किएको गल्ती अब पुनः नदोहा¥याउने बताउनु भयो । उहाँले अहिलेको गठबन्धन अब एजेण्डामा टसमस नभइ ५ वर्ष नै अघि बढ्ने दाबी गर्नुभयो । उहाँले भन्नुभयो, ‘अब उहाँले कुन सन्दर्भमा कसरी त्यो कुरा राख्नुभएको छ उहाँको कुरा हो । तर काँग्रेस माओवादीसहितको दलहरु हामी पुस १० गते भत्किएको कुरालाई फेरि कमजोरी र गल्ती स्वीकार्दै एजेण्डामा सहमति भएका दलहरु यी एजेण्डामा टसमस नभएर ५ वर्ष अघि बढ्छौँ । काँग्रेस र माओवादीलाई दुईतिर राखेर एमालेसँग काँग्रेसले सहमति गर्ला, होला भन्ने कसैले नसोचे हुन्छ । त्यो सपनामा मात्रै सम्भव छ ।’

उपसभापति खड्काले उपराष्ट्रपतिको निर्वाचनपछि मात्रै सरकारको बिस्तार हुने बताउनु भयो । उहाँले उपराष्ट्रपतिको निर्वाचनपछि प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने र त्यसको कही दिनमा मात्रै सरकार बिस्तार हुने बताउनु भयो । उहाँले आगामी सरकार पनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकै नेतृत्वमा बन्ने र काँग्रेस पनि सरकारमा सहभागी हुने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘सरकारको बारेमा हामीले छलफल प्रारम्भ गरेका छैनौँ । प्रधानमन्त्रीजीले भन्नुभएको छ, उपराष्ट्रपतिको निर्वाचनपछि मात्रै सरकारको कुरा हुन्छ । अहिले हामी उपराष्ट्रपतिको निर्वाचनपछि प्रधानमन्त्रीले विश्वासको मत लिएको केही दिनभित्र नै सरकार बिस्तारको कुरा हुन्छ, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकै नेतृत्वमा सरकार अघि बढ्छ । काँग्रेस सहभागी हुन्छ ।’
उपसभापति खड्काले द्वन्द्वकालीन मुदद १२ बुँदे शान्ति सम्झौतामार्फत नै अघि बढ्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘द्वन्द्वकालीन मुदद १२ बुँदे शान्ति सम्झौतामार्फत जसरी मुलुकु शान्तिमा रुपान्तरण भयो, त्यसकै जगमा हामीले संविधान सभा ग¥यौँ । त्यही संविधान सभाको जगमा संविधान बन्यो । १२ बुँदे शान्ति सम्झौता गर्दा हामीले द्वन्द्वकालीन सबै खालका समस्याको समाधान कानून बनाएर ती आयोगहरुमार्फत निरुपण गर्छौं भनेर जसरी सहमति भएको थियो, जुन जगमा मुलुक यहाँ पुगेको छ, त्यसैले संक्रमणकालीन न्यायको समाधान गर्ने प्रतिवद्धताअनुसार नै जान्छ । संक्रमणकालीन र द्वन्द्वसँग जोडिएका सबै विषयहरु त्यहीँ गएर टुंगिन्छ ।’ प्रधानमन्त्री दाहालबिरुद्ध दर्ता भएको रिट सर्वोच्च अदालतमा आज सुनुवाई हुँदैछ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);