कांग्रेस उपसभापति खड्काले खुमलटार पुगेर प्रचण्डलाई दिए बधाई | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३ २०८१, सोमबार

कांग्रेस उपसभापति खड्काले खुमलटार पुगेर प्रचण्डलाई दिए बधाई

काठमाडौं। नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । प्रचण्डलाई भेट्न खड्का बिहीबार दिउँसो प्रचण्ड निवास खुमलटार पुगेका थिए । भेटमा निर्वाचनमा विजयी भएकोमा दुवैले बधाई साटासाट गरेका थिए । निर्वाचन सकेर खड्का बुधबार मात्र सुर्खेतबाट काठमाडौं आएका थिए । काठमाडौं आएलगत्तै उनी सिधै प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका थिए । खड्काले कर्णाली प्रदेशमा लोकतान्त्रिक वाम गठबन्धनले निर्वाचनमा प्राप्त गरेको सफलतासम्बन्धी प्रतिवेदन बुझाएका थिए ।नेता खड्का आज त्यही प्रतिवेदन प्रचण्डलाई हस्तान्तरण गर्न खुमलटार पुगेका हुन् । कर्णालीमा लोकतान्त्रिक वाम गठबन्धनले निर्वाचनमा सफलता पाएको छ । प्रतिनिधिसभातर्फ कर्णालीमा एमाले शून्य र प्रदेशमा दुई सिटमा झरेको छ । निर्वाचनमा कहाँ के कसरी तालमेल भई काम गरियो भन्ने विषय प्रतिवेदनमा समेटिएको छ।

सत्तागठबन्धनले कर्णाली प्रदेशमा कांग्रेस उपसभापति खड्कालाई कमान्डर बनाएको थियो। खड्का सुर्खेत १ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);