प्रचण्डलाई भेट्न बिहानै खुमलटार पुगेका थिए सिटौला | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

प्रचण्डलाई भेट्न बिहानै खुमलटार पुगेका थिए सिटौला

काठमाडौं । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेका छन् ।

सिटौला आज बिहान करिब ११ बजे खुमलटार पुुगेका थिए । प्रचण्ड र सिटौलाबीच के विषयमा कुराकानी भयो भन्ने बारे खुलाइएको छैन् । यद्दपी उनीहरुबीच करिब एक घण्टा छलफल भएको स्रोतले बताएको छ ।

निर्वाचनको परिणाम आएसँगै पछिल्लो समय प्रचण्डसँग कांग्रेसका नेताहरुको भेट बाक्लिएको छ । बिहिबार पूर्व मन्त्री तथा दाङ ३ बाट निर्वाचित सांसद दीपक गिरीले समेत प्रचण्डलाई भेटेका थिए ।

कांग्रेस नेताहरु र माओवादी अध्यक्ष प्रचण्डबीचका पछिल्ला भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ । सिटौला झापा क्षेत्र न ३ बाट गठबन्धनका तर्फबाट प्रतिनिधिसभा उम्मेद्वार थिए । उनी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसँग पराजित भएका हुन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);