पौडेलले राष्ट्रपतिमा अत्याधिक मतले जित्नुहुन्छः पूर्णबहादुर खड्का | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

पौडेलले राष्ट्रपतिमा अत्याधिक मतले जित्नुहुन्छः पूर्णबहादुर खड्का

काठमाडौं । नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले राष्ट्रपतिमा ९ दलीय गठबन्धनको तर्फबाट उम्मेदवार बन्नुभएका नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अत्याधिक मतले जित्ने दाबी गर्नुभएको छ ।

मंगलवार काँग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको ९ दलीय गठबन्धनको राष्ट्रपति निर्वाचनका लागि बनेको कार्यदलको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उपसभापति खड्काले यस्तो दाबी गर्नुभएको हो । उहाँले आजको बैठकमा २५ गते हुने राष्ट्रपति निर्वाचनको सन्दर्भमा छलफल भएको बताउनु भयो । उहाँले राष्ट्रपति निर्वाचनको व्यवस्थापन सम्बन्धीका बारेमा छलफल भएको बताउनु भयो । उहाँले गठबन्धनकै बलमा आगमी दिनमा ९ दलीय गठबन्धनलाई व्यापक र बिस्तार गर्दै जाने बताउनु भयो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेकपा (एकीकृत समाजवादी) का महासचिव वेदुराम भुसालले आजको बैठकमा गठबन्धनलाई बिस्तार र व्यवस्थित गर्ने विषयमा छलफल भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘आज प्रारम्भिक छलफल भएको छ, कुनै निस्कर्ष भएको छैन । गठबन्धनलाई बिस्तार र व्यवस्थित गर्ने विषयमा छलफल भएको छ ।’ सरकार बिस्तारको बारेमा भने राष्ट्रपति निर्वाचनपछि मात्रै थप कुरा अघि बढ्ने बैठकमा सहभागी नेताहरुको भनाइ छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);