प्रमुख निर्वाचन आयुक्तको भनाइप्रति खड्काको अपत्ती | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

प्रमुख निर्वाचन आयुक्तको भनाइप्रति खड्काको अपत्ती

काठमाडौं । नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको भनाइप्रति आपत्ती जनाउनु भएको छ ।

शुक्रवार १० दलीय गठबन्धन कार्यदलको बैठकपछि सिंहदरबारमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले प्रमुख निर्वाचन आयुक्त थपलियाले संविधानको व्यवस्था विपरित अभिव्यक्ति दिएको भन्दै ै आपत्ति जनाउनुभएको हो । उहाँले नेपालको संविधानले फरक लिङ्ग वा फरक समुदाय हुनुपर्छ भनेको उल्लेख गर्दै एउटै समुदायको पुरुष राष्ट्रपति हुन सक्दैन भनेर मात्रै संविधानले व्यवस्था गरेको बताउनु भयो । उहाँले संविधानको व्यवस्थाविपरित आयोगले निर्णय गरेको भन्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले बोलेको कुरा मुलुकको वर्तमान संविधानले गरेको व्यवस्थाअनुकुल नरहेको स्पष्ट पार्नुभयो । उहाँले आयोगले निकालेको विज्ञप्ती र प्रमुख आयुक्तको अभिव्यक्ति नमिल्ने भन्दै संविधानले स्पष्ट व्यवस्था गरेअनुसार नै उपराष्ट्रपतिको उम्मेदवार छनोट हुने बताउनु भयो । उहाँँले प्रमुख आयुक्तसँग छलफल गरेर आयोगको सोचाइका बारेमा बुझेर मात्रै आफूहरु अघि बढ्ने बताउनु भयो ।

उपसभापति खड्काले राष्ट्रपति निर्वाचन भइसकेपछिको समीक्षाका रुपमा बैठक बसेको बताउनु भयो । उहाँले राष्ट्रपति निर्वाचनमा आफ्नो उम्मेदवार जिताउन सहयोग गर्ने दल, कर्मचारी, निर्वाचन आयोग र सञ्चारकर्मीहरुलाई धन्यवाद ज्ञापन गर्ने निर्णय बैठकले गरेको बताउनु भयो । उहाँले गठबन्धनमा उपराष्ट्रपतिको बारेमा कुनै छलफल नभएको भन्दै दलहरुको प्रमुख नेताहरुको बैठकपछि मात्रै उम्मेदवारको टुंगो लाग्ने स्पष्ट पार्नुभयो ।

उपराष्ट्रपतिको उम्मेदवार दरखास्त दिने समय अगावै सर्वसम्मतिले हुने बताउनु भयो । चैत्र ३ गते हुने उपराष्ट्रपतिको निर्वाचनका लागि आयोगले शनिवार उम्मेदवारी मनोनयन गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);