कांग्रेस प्रधानमन्त्रीले विश्वासको मत लिएपछि मात्रै सरकारमा सहभागी हुने | ईमाउण्टेन समाचार

Our Network

जेठ ८ २०८१, मंगलबार

कांग्रेस प्रधानमन्त्रीले विश्वासको मत लिएपछि मात्रै सरकारमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिएपछि मात्रै सरकारमा सहभागी हुने निर्णय गरेको छ ।

बुधबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएपछि मात्रै सरकारमा सहभागी हुने निर्णय गरेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिनुभएको हो । प्रधानमन्त्री प्रचण्डले चैत ७ गते भित्र विश्वासको मत लिने तयारी गरेकोबेला कांग्रेसको बैठकले त्यसपछिमात्र सरकारमा सहभागि हुने निर्णय गरेको हो ।

आजको बैठकमा कसको नेतृत्वमा सरकारमा सहभागी हुने भन्नेबारे कुनै छलफल नभएको भन्दै प्रवक्ता महतले सरकारमा जानु अघि नेतृत्वको बिषयमा आवश्यक गृहकार्य हुने बताउनु भयो गर्ने कुरा भइरहन्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);