पाकिस्तानको बलूचिस्तान प्रान्तमा गोली प्रहारबाट १४ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

पाकिस्तानको बलूचिस्तान प्रान्तमा गोली प्रहारबाट १४ जनाको मृत्यु

एजेन्सी, ३० असोज । दक्षिणी पाकिस्तानको बलूचिस्तान प्रान्तमा अज्ञात समूहको गोली प्रहारबाट १४ जनाको मृत्यु भएको छ । देशको मुख्य शहर कराँची जोड्ने राजमार्गमा यात्रा गरीरहेकाहरु यात्रुमाथि अन्दधुन्ध गोली प्रहार गर्दा उनीहरुको मृत्यु भएको हो । मृत्यु हुनेहरुमा सरकारी कर्मचारी र सुरक्षा अधिकारीहरु पनि रहेको अन्तर्राष्ट्रिय समाचार संस्था अल जजीराले जनाएको छ ।

घटनालगत्तै आक्रमणकारीहरु भागेको बताइएको छ । उक्त घटनामा आक्रमणकारीले अत्याधुनिक हतियार प्रयोग गरेको बलूचिस्तान प्रान्तका गृहमन्त्री जिया लाँगोभले दावी गर्नुभएको छ । घटनालगत्तै सुरक्षाकर्मीले राजमार्गमा खोजी कार्य जारी राखे पनि आक्रमणकारी पत्ता लगाउन नसकिएको र कुनै समूहले जिम्मा नलिएको बताइएको छ ।गत अप्रिलमा पनि बन्दुधकधारीको आक्रमणमा सोही स्थानमा १४ जनाको मृत्यु भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);