कराँची शहरमा भागदौड मच्चिँदा १२ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

कराँची शहरमा भागदौड मच्चिँदा १२ जनाको मृत्यु

एजेन्सी । पाकिस्तानको कराँची शहरमा भागदौड मच्चिँदा १२ जनाको मृत्यु भएको छ ।

कराँचीस्थित एक कारखाना परिसरमा रमजानमा खाद्यान्नलगायत अन्य सामग्री वितरण गरिरहेको स्थानमा भागदौड मच्चिदाँ आठ महिला र तीन बालबालिका सहित १२ जजनाको मृत्यु भएको पाकिस्तानी संचार माध्यमहरुले जनाएका छन् । घटनामा २९ जना गम्भीर घाइते भएका छन् ।

रमजान पर्व चलिरहेका वेला पाकिस्तानमा निशुल्क पिठो लगायत खाद्यान्न पाउन भागदौडका घटना भइरहेका छन् । केही दिनअघि पञ्जाब प्रान्तमा पिठो वितरण भइरहेको स्थानमा संघर्ष चल्दा ११ जनाको मृत्यु थियो । यसैबीच कराँचीमै एक जना हिन्दु धर्मावलम्बी चिकित्सकको गोली हानेर हत्या भएको छ आफ्नो क्लिनिकबाट घर फर्कदै गरेका डाक्टर बीरबल गेनानीको गोली हानेर हत्या भएको हो ।

कराँची महानगरपालिकाका पूर्वस्वास्थ्य निर्देशक तथा आँखा विशेषज्ञ डा गेनानीलाई अज्ञात समूहले हानेको गोली लागेर घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । डा गेनानीसँगै रहेकी एक जना सहयोगी चिकित्सलाई पनि गोली लागेको छ । तत्काल अस्पताल पु¥याइएपछि हाल उनी जोखिममुक्त छिन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);