फ्रान्सको राजधानी पेरिसमा एक शिक्षकको हत्या | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

फ्रान्सको राजधानी पेरिसमा एक शिक्षकको हत्या

एजेन्सी, १ कार्तिकः फ्रान्सको राजधानी पेरिस नजिकै एक शिक्षकको टाउको काटी हत्या भएको छ ।

स्थानीय समय अनुसार शुक्रबार शिक्षकको टाउको काटी हत्या भएको हो ।

घटना पूर्व हत्या भएका शिक्षकले आफ्ना विद्यार्धीलाई पैगम्बर मोहम्मदको विवादास्पद कार्टून देखाएका थिए ।

शिक्षकको हत्यापछि भागेका आक्रमणकारीको समेत प्रहरीको गोली लागेर मृत्यु भएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

घटना लगत्तै प्रहरीले आक्रमणकारीलाई पक्राउ गर्न खोजेको थियो, तर भागेपछि गोली चलाउँदा उनको मृत्यु भएको हो । आक्रमणकारीका बारेमा पनि प्रहरीले केही खुलाएको छैन ।

यसैबीच राष्ट्रपति इम्यानुएल म्याक्रोँले घटनास्थलको निरीक्षण गर्नुभएको छ । घटना इस्लामिक आतंकवादी आक्रमण रहेको भन्दै राष्ट्रपति म्याक्रोँले वाक स्वतन्त्रताबारे पढाएकै कारण शिक्षकको हत्या भएको आरोप लगाउनुभएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);