दाङमा पछिल्लो तीन दिनमा ३ शिक्षकको कोरोना संक्रमणबाट मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत ५ २०८०, सोमबार

दाङमा पछिल्लो तीन दिनमा ३ शिक्षकको कोरोना संक्रमणबाट मृत्यु

विकास डाँगी
दाङ ।
दाङमा पछिल्लो दिनमा ३ जना शिक्षकको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

मृत्यु हुनेमा महेन्द्र माध्यमिक विद्यालय तुलसीपुर, दाङमा कार्यरत ५३ शिक्षक वर्षीय शिक्षकको कोरोना संक्रमणका कारण मृत्यु भएको विद्यालयले जनाएको । उनको मंगलबार मृत्यु भएको हो । पेशाप्रति इमान्दार, लगनशील , कर्तव्यनिष्ठ, सरल स्वभाव शिक्षकलाई गुमाउनु पर्दा विद्यालयलाई अपुरणीय क्षति भएको विद्यालयका प्रधानाध्यापक जीतबहादुर थापाले बताए ।

त्यस्तै, कोरोनाका कारण बबई गाउँपालिका ६ स्थित मोडर्न दिग्दर्शन बोर्डिङ्ग स्कुल पञ्चकुलेका प्रिन्सिपल तथा बबई गाउँ शिक्षा समितिका सदस्यको सोमबार मृत्यु भएको हो । उनलाई नेपालगंज उपचार गर्न लैजाने क्रममा बाटो मै मृत्यु भएको बबई गाउँपालिकाका स्वास्थ्य संयोजक हेमराज वलीले जानकारी दिए ।

त्यस्तै शान्तिनगर गाउँपालिका ५ बाघढोइका ५० वर्षीय शिक्षकको काठमाडौँमा उपचारको क्रममा आइतबार राति मृत्यु भएको हो । उनी स्थानीय नीजि विद्यालयका शिक्षक हुन् । उनलाई कोरोना विशेष अस्पताल बेलझुण्डीबाट थप उपचारको लागि काठमाडौं लगिएको थियो ।

जिल्लामा सोमबारसम्म सक्रिय संक्रमितको संख्या एक हजार ५ सय २२ जना रहेका छन् । जसमध्ये सबैभन्दा बढीसक्रिय संक्रमित छ सय ७२ तुलसीपुर उपमहानगरपालिकामा रहेका छन् । त्यस्तै घोराही उपमहानगरपालिकामा छ सय ७०, लमहीमा ५३, बबईमा ३०, राप्तीमा २७, शान्तिनगरमा २५, गढवामा २३, दंगीशरणमा १५, बंगलाचुलीमा ५ र राजपुरमा २ संक्रिय संक्रमित रहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);