बबई नदीमा डुबेर एक जना पुरुषको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

साउन १२ २०८१, शनिबार

बबई नदीमा डुबेर एक जना पुरुषको मृत्यु

दाङ, ३ मंसिर । दाङमा बबई नदीमा डुबेर एक जना ब्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा बबई गाउँपालिका ५ खयरभट्टी निवासी ५६ बर्षीय अमृत खड्का रहेको इलाका प्रहरी कार्यालय खिलतपुरले जनाएको छ ।

भैलोको पिकनिक खान गएको बेला बबइ नदीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको इप्रका खिलतपुरका प्रमुख इन्सपेक्टर मोहनविक्रम केसीले जानकारी दिनुभयो । पौडि खेल्न सक्ने मृतक खड्काले मापसे गरेका कारण नदीमा डुबेर मृत्यु भएको हुन सक्ने उहाँले बताउनुभयो ।

खड्का मंगलबार दिउँसो करिब ३ बजे तिर नदीमा डुबेका थिए, भने कबिर ४ बजे तिर मात्र स्थानियहरुले खोजेर भेटाएको प्रत्यक्षदर्शी घनश्याम घिमिरेले जानकारी दिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);