प्रदेश १ को नाम ‘कोसी प्रदेश’ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

प्रदेश १ को नाम ‘कोसी प्रदेश’

काठमाडौं । अब प्रदेश नम्बर १ को नाम ‘कोसी प्रदेश’ हुने भएको छ । प्रदेश १ को नाम ‘कोसी’ राख्ने प्रस्ताव प्रदेश सभाले बहुमतले पारित गरेको हो । प्रदेशको नाम ‘कोसी’ राख्ने पक्षमा ८२ र विपक्षमा ४ मत खसेको हो ।

प्रदेशसभाका दुई ठूला दल नेकपा एमाले र नेपाली कांग्रेसले प्रदेश १ को नाम कोसी राख्न प्रस्ताव गरेका थिए ।

प्रदेशसभाको आज (बुधबार) बसेको बैठकमा सरकारले कोसी नाम राख्न प्रस्ताव गरेकामा छलफल सकिएर उक्त प्रस्तावमाथि संशोधन गर्न दुई घण्टाको समय दिइएको थियो । त्यसपछि साढे ८ बजे बसेको प्रदेशसभा बैठकले १ नम्बर प्रदेशसभाको नाम राति पौने १० बजे टुङ्ग्याएको हो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);