दाङ, २५ फागुन । नरुलाल चौधरी घोराही उपमहानगरपालिकाको मेयर चुनिएको ८ महिना पुग्यो । मेयर पदमा आसिन भएदेखि उनी जिम्मेवारी बहनकै क्रममा उपमहानगरपालिकाका विभिन्न क्षेत्रमा कुदिरहेका छन् । विभिन्न स्थानबाट आतिथ्यताका लागि दिइने निम्तो मान्ने धपेडी पनि छ ।
तर ८ महिनाको अवधिमा चौधरीले बैठक भत्ता बाहेक कुनै पारिश्रमिक पाउन सकेनन् । आफ्नै खर्चले जसोतसो धानेको बताउँदै उनले भने,खल्तीबाटै खर्च हालेर जनताको काममा खटिएँ । आजको नागरिक दैनिकको दोस्रो पृष्ठमा यो समाचार छापिएको छ ।





