काठमाडौँ, ३ कार्तिक । आगामी मंसिरमा हुने प्रदेश र प्रतीनिधी सभाको चुनावको लागि एक करोडभन्दा धेरै मतपत्र छापिसकिएको निर्वाचन आयोगले बताएको छ । जनक शिक्षा सामग्री केन्द्रले ७ वटा मेसिनबाट ३ सत्रमा दैनिक ८ लाख सम्म मतपत्र छापिरहेको आयोगले जनाएको छ।
आँउदो शुक्रबारसम्म १ करोड ७० लाख भन्दा बढि मतपत्र छापि सकिने आयोगले दाबी गरेको छ । यसका साथै आयोगले सबै दलसँग चुनावका लागि छलफल भइरहेको बताएको छ।
समानुपातिकतर्फ बन्दसूची बुझाएका दललाई संविधानले तोके अनुसार विभिन्न समुहको प्रतिशतको विषय, क्रममा राख्ने, ५० प्रतिशत महिला अनिवार्य, १० प्रतिशत न्यूनतम उमेद्वारी दिने लगायतका विषय सच्च्याउन पनि आयोगले आउँदो १२ गतेसम्मको समय दिएको छ।




