कांग्रेसको पदाधिकारी बैठक बुढानिलकण्ठमा | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

कांग्रेसको पदाधिकारी बैठक बुढानिलकण्ठमा

nepal-congress

काठमाडौं, १९ कात्तिक । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस पदाधिकारी बैठक सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा जारी छ ।

आगामी मंसिर १४ मा हुने उपनिर्वाचनका लागि उम्मेदवारको टुंगो लगाउन कांग्रेस पदाधिकारी बैठक बसेको हो । पदाधिकारी बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल र अर्का नेता कृष्ण प्रसाद सिटौला पनि सहभागी छन् ।

यसअघि आइतबार उपनिर्वाचनका लागि उम्मेदवार छान्न बस्ने भनिएको कांग्रेस बैठक स्थगित भएको थियो । सो बैठकमा कांग्रेसका उपसभापतिहरु विमलेन्द्र निधि र विजयकुमार गच्छदार उपस्थित हुन नसकेपछि बैठक स्थगित गर्नु परेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);