लागूऔषधसहित एक जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

लागूऔषधसहित एक जना पक्राउ

pakrau

सर्लाही । सर्लाही जिल्लाको ब्रम्हपुरी गाउँपालिका ४ स्थित राजबेरी ईलाकाबाट जेठ ११ गते सशस्त्र प्रहरीले १ सय २० बोतल वानरेक्स नामक लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही जिल्लाको बरहथवा नगरपालिका ५ बस्ने २१ वर्षिय प्रमोद कुमार महतो छन् ।

भारतबाट नेपालतर्फ आउँदै गरेका महतोलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट त्रिभुवननगरबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा उक्त लागूऔषध फेला परेको थियो ।

उनलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);