अवैध लागूऔषध सहित ३ युवक पक्राउ | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

अवैध लागूऔषध सहित ३ युवक पक्राउ

मकवानपुर । अवैध लागूऔषध सहित ३ युवक पक्राउ परेका छन् । मकवानपुर, हेटौंडा उपमहानगरपालिका–१० सिमाचोकबाट करिब ८० केजी अबैध लागूऔषध सहित ती व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो ।

मनहरी नयाँबस्ती बस्ने २५ वर्षीय सन्तोष आले मगर सहित ३ जनाला युवकलाई गएराति प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको छ ।

चितवनबाट बारातर्फ जाँदै गरेको ना.२ ख ५५७९ नम्बरको ट्रकलाई जिल्ला प्रहरी कार्यालय मकवानपुर र वडा प्रहरी कार्यालय हेटौंडाबाट खटीएको विशेष प्रहरीले चेकजाँच गर्ने क्रममा उक्त गाँजा सहित फेला पारी ट्रक चालक मगर सहित ३ जनालाई पक्राउ गरेको प्रहरीको भनाई रहेको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);