कोरोनाका कारण रोकिएको सडक निर्माण सुरू | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

कोरोनाका कारण रोकिएको सडक निर्माण सुरू

बाग्लुङ, १० असोज । बाग्लुङको बाग्लुङ नगरपालिका वडा नम्बर ३ शिवधारा चोकदेखि राधाकृष्ण टोलको करिव ३ सय मिटर सडक ढलान गर्ने कार्यलाई निर्माण ब्यवसायीले तिब्रता दिएका छन् ।

बाग्लुङ बजारको पुरानो वजार क्षेत्र भएकाले साँघुरा गल्ली र नाली व्यवस्थापन गरि सडक लाई ६ मिटर फराकिलो वनाउने कार्य भइरहेको छ । प्रदेश सरकारले विनियोजन गरेको १ करोड १२ लाख मध्ये बाग्लुङको ठेकेदार कम्पनीले ८८ लाख रुपैयाँमा सडक ढलान र नाली निर्माण सम्पन्न गर्ने जिम्मेवारी लिएका थिए ।

कोरोना महामारीका कारण काम गर्ने मजदुर नभएपछि निर्माण कार्य ढिलो हुन पुगेको निर्माण व्यवसायी तथा ठेकेदार कम्पनीका प्रतिनिधि दिपेन्द्र गौतमले बताएका छन् ।

चैतको पहिलो साता काम शुरू गरे लगत्तै देशमा लकडाउन भएपछि सडक निर्माण कार्य ठप्प भएको थियो । अहिले वातावरण थोरै सहज भएपछि काम भइरहेको पुर्वाधार विकास कार्यालय बाग्लुङले जनाएको छ ।

‘अहिले फिल्डमै गएर कामको अनुगमन र निरक्षण भइरहेकाले गुणस्तरमा कुनै समस्या आउने छैन’ पुर्वाधार बिकास कार्यालय बागलुङका इन्जिनियर सुदर्शन भट्टराईले दावी गर्नुभयो ।

विश्वब्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस कै कारण सरकारले विकास निर्माणका कामहरु सञ्चालन गर्दा कोरोना फैलिने त्रासले निर्माण कार्य रोकेका थिए । जसका कारण बागलुङ भित्र राष्ट्रिय गौरवका योजना देखि संघीय प्रदेश र स्थानीय तहका विकास निर्माणका सबै काम प्रभावित बनेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);