सैनिक जवान कुटिएको घटनामा जङ्गी अड्डाले थाल्यो छानबिन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

सैनिक जवान कुटिएको घटनामा जङ्गी अड्डाले थाल्यो छानबिन

jangi adda

काठमाडौं, १० असोज । नेपाली सेनाले संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनार्थ अफ्रिकी राष्ट्र कंगोमा तैनाथ सैनिक जवान कुटिएको घटनामा छानबिन सुरु भएको जनाएको छ ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले शनिबार एक विज्ञप्ति जारी गरी घटनाप्रति ध्यानाकर्षण भएको जनाउँदै छानबिनको प्रकृया सुरु भईसकेको जनाएको हो ।

मिसनमा खटिएका एक जना सैनिक जवानलाई ३ जना सहसेनानीले कुटेको फोटो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

निर्देशनालयका अनुसार छानबिनका लागि जेष्ठ सेनानीको नेतृत्वमा ‘कोट अफ इन्क्वायरी’ गठन गरिएको छ ।

ज्वाला गणबाट कंगोको मिसनमा खटिएका जवानहरुमाथि गत बिहीबार राति ३ जना सहसेनानीले कुटेका बताइएको छ । जवान कुटने सहसेनानी र कुटिएका जवानको हुन भन्ने बारेमा भने सेनाले परिचय खुलाएको छैन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);