हिन्दुराष्ट्र र राजसंस्थाको पुनस्थापना तथा भ्रष्टाचार र धर्म परिवर्तनको विरुद्धमा आन्दोलनको आँधीवेरी सिर्जना गर्नु पर्छ : कमल थापा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

हिन्दुराष्ट्र र राजसंस्थाको पुनस्थापना तथा भ्रष्टाचार र धर्म परिवर्तनको विरुद्धमा आन्दोलनको आँधीवेरी सिर्जना गर्नु पर्छ : कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राप्रपाको महाधिवेशन पछि हिन्दुराष्ट्र र राजसंस्थाको पुनस्थापनाका लागि आन्दोलनको आँधीवेरी सिर्जना गर्नु पर्ने बताएका छन् ।

अध्यक्ष थापाले मंगलबार ट्वीट गर्दै राप्रपाको महाधिवेशन पछि हिन्दुराष्ट्र र राजसंस्थाको पुनस्थापना तथा भ्रष्टाचार र धर्म परिवर्तनको विरुद्धमा आन्दोलनको आँधीवेरी सिर्जना गर्नुपर्ने बताएका हुन् ।

थापाले ट्वीटमा समयमै जिल्ला अधिवेशन र सक्रिय सदस्य बनाउने काम सम्पन्न गरी स्थानीय र संसदको चुनावबाट राप्रपालाई अग्रणी शक्ति बनाउन आह्वान गरेका छन् ।

उनले लेखेका छन्–‘‘ राप्रपा महाधिवेशन पछि हिन्दुराष्ट्र र राजसंस्थाको पुनर्स्थापना तथा भ्रष्टाचार र धर्मपरिवर्तनको विरुद्धमा आन्दोलनको ॲाधिवेरी सिर्जना गर्नुपर्छ।स्थानीय र संसदको चुनावबाट राप्रपालाई अग्रणी शक्ति बनाउनु पर्छ।त्यसैले समयमै जिल्ला अधिवेशन र सक्रिय सदस्य बनाउने काम सम्पन्न गरौं’’

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);