अर्काे पार्टी गठन भैसकेकाले १४ सांसदलाई कारबाही गर्न नपर्ने सभामुख सापकोटाको ठहर | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

अर्काे पार्टी गठन भैसकेकाले १४ सांसदलाई कारबाही गर्न नपर्ने सभामुख सापकोटाको ठहर

sanghiya samsadh sachibalaya

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले नेकपा (एमाले)ले कारबाहीका लागि सिफारिस गरेका १४ जना प्रतिनिधिसभाका सदस्यहरूलाई कारबाही गर्न नपर्ने निर्णय गरेका छन् ।

संघीय संसद् सचिवालय अनुसार एमालेले कारबाही सिफारिस गरेका माधव नेपालसहित १४ सांसद मिलेर अर्को दल गठन भएको र नयाँ दल गठनको भएको जानकारी संसद्लाई समेत भइसकेको भन्दै कारबाही गरिरहन नपर्ने निर्णय लिएका हुन् ।

भदौ १ गते प्राप्त पत्रमा कारबाहीको सिफारिस गरिएका १४ सांसद सहित संलग्न भएर नेकपा (एकीकृत समाजवादी) नामक पार्टी दर्ता भएको पत्रभदौ ११ गते निर्वाचन आयोगबाट जानकारी प्राप्त भयो । राजनीतिक दलसम्बन्धि ऐन तथाअन्य कुनै कानुन अनुसार कारबाही गरिरहनुपर्ने अवस्था नरहेको सभामुखको निर्णय उल्लेख गर्दै संसद् सचिवालयले जनाएको छ ।

२०७८ वैशाख २७गते प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने क्रममा संसद् बैठक बहिष्कार गरेर पार्टीको ह्वीप उल्लंघन गरेको भन्दै एमालेले १४ सांसदलाई पार्टीबाट र संसद् सदस्यबाट हटाउने निर्णय गरेको थियो । साउन २५ गते बसेको केन्द्रीय कमिटी बैठकले उनीहरूलाई पार्टी सदस्य र सांसदबाट हटाउने निर्णय गरेको थियो ।

जसको सूचना संसद् सचिवालयलाई भदौ १ गते एमाले प्रमुख सचेतक विशाल भट्टराईले जानकारी गराएका थिए । सभामुख सापकोटाले संसद् सचिवालयमा पत्र दर्ता भएको १३ दिनपछि निर्णय लिएका हुन् ।

एमाले संसदीय दलका नेता तथा अध्यक्ष केपी शर्मा ओलीले गरेको कारबाही पछि ती सांसदहरूले एमाले विभाजन गरेर नेकपा (एकीकृत समाजवादी) गठन गरिसकेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);