वाईसीएलको नेतृत्वमा देवकोटा र श्रीपाली बिच प्रतिस्पर्धा | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

वाईसीएलको नेतृत्वमा देवकोटा र श्रीपाली बिच प्रतिस्पर्धा

काठमाडौं । भर्चुअल माध्यमबाट शुरु भएको योङ कम्युनिष्ट लिग,(वाइसीएल) नेपालको राष्ट्रिय भेलाबाट नयाँ नेतृत्व चयन गर्ने तयारी गरेको छ । अध्यक्ष रामप्रसाद सापकोटा (दिपशिखा) नेतृत्व हस्तान्तरण गर्ने तयारी गरेपछि नयाँ नेतृत्वको खोजी सुरु भएको छ ।

जसका लागि नयाँ नेतृत्वको प्रतिस्पर्धी मध्य तत्कालीन उपाध्यक्ष सुमन देवकोटा र तत्कालीन महासचिव सुबोध श्रीपाली बिच प्रतिस्पर्धा भएको बुझिएको छ । माओबादी केन्द्रका अध्यक्ष प्रचण्ड लगायतका अन्य नेताहरुले समहतिमै गर्न निर्देशन गरेका छन् ।

वाईसीएल नेपालको राष्ट्रीय भेलामा नेतृत्व चयन प्रक्रिया भने सहमतिमा गर्ने गरी लम्बिएको छ । तत्कालीन अध्यक्ष रामप्रसाद सापकोटा ‘दीपशिखा’ ले आफुले छोडेर नयाँ पुस्तालाई नेतृत्व हस्तांतरण गर्ने निर्णय गरेका थिए ।

नेतृत्व चयन तत्कालीन पदाधिकारीको बैठकबाट हल गरिने वाईसीएल स्रोतले बताएको छ । सहमतिको आधारमा नै नेतृत्व चयन गर्ने वाईसीएल केन्द्रका प्रचार विभाग प्रमुख पुष्प ओलीले जानकारी दिए ।

यसै क्रममा वाईसीएल नेपालको राष्ट्रीय भेलामा अध्यक्ष रामप्रसाद सापकोटा ’दीपशिखा’ द्वारा प्रस्तुत प्रतिबेदन परिमार्जित भई पारित भएको छ । सम्बृद्दी, उत्पादन र विकास केन्द्रीत रहेर अहिले सम्मका उपलब्धिको रक्षा गर्दै संगठनलाई नयाँ प्रणाली मार्फत डिजिटलाइज गर्दै जनजीवनको उत्थान गरी समाजबादी बाटोमा अगाडी बढ्ने निष्कर्ष निकालेको छ ।

साथै २ सय ३१ जनाको केन्द्रीय कमिटी, ३५ जनाको पदाधिकारी र ३ ओटा केन्द्रीय आयोग निर्माण गर्ने सर्वसम्मत निर्णय गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);