ज्ञानेन्द्र गए, ओली गए तर कुर्सीको खेल जारी छ ! - बाबुराम भट्टराई | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

ज्ञानेन्द्र गए, ओली गए तर कुर्सीको खेल जारी छ ! – बाबुराम भट्टराई

काठमाडाैं । जनता समाजवादी पार्टीका नेता डा.बाबुराम भट्टराईले कुर्सीको खेल अझै जारी रहेको बताएका छन् ।

देशमा राजतन्त्र अन्त्य भएपनि, पूर्व प्रधानमन्त्री केपी शर्मा ओली सत्ताबाट हटिसकेपनि अझै पनि कुर्सीको खेल जारी रहेको बताएका छन् ।

राजतन्त्र अन्त्य भएर ज्ञानेन्द्र शाह गएपनि, पूर्व प्रधानमन्त्री ओली सत्ताबाट हटिसकेको हालको अवस्थामा पनि युवाहरु वैदेशिक रोजगारीमा जान बाध्य हुने, छिमेकी देशको हस्तक्षेप, भारतीय एसएसबीले तुइन काटेर जयसिंह धामी महाकालीमा बेपत्ता, छाउपडी, मधेसी, थारु, जनजातिको पहिचानको समस्या र श्रमिकहरुको आर्थिक अवस्था अझै न्युन रहेको जस्ता समस्याहरु अझै विद्यमान रहेको भट्टराईले उल्लेख गरेका छन् ।

यस्ता समस्याहरु यथावत रहेकाले देशमा वैकल्पिक शक्तिको खोजी जारी रहेको उनको तर्क छ ।

उनले ट्वीट गरेका छन्–‘‘ ज्ञानेन्द्र गए,ओली गए तर कुर्सीको खेल जारी छ ! भारत,खाडी पस्ने युवाहरूको लर्को जारी छ! कमिसनखोरको खेलो जारी छ ! छिमेकीको हैकम जारी छ! जयसिंह धामीको वेपत्ता जारी छ! छाउपडी जारी छ१छोइछिटो जारी छ! मधेसी,थारू,जनजातिको पहिचानको खोजी जारी छ! श्रमिकको चुलो खाली छ! अतस्वैकल्पिक शक्तिको खोजी जारी छ1’’

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);