अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन : नेतृत्वका लागि तीन प्यानलबीच प्रतिस्पर्धा | ईमाउण्टेन समाचार

Our Network

असार ११ २०८३, शुक्रबार

काठमाडौं, ९ भदौ । माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको नेतृत्व चयनका लागि तीनवटा प्यानल चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । चुनाव प्रचारप्रसार नगर्ने आचारसंहिता बने पनि भावी नेतृत्व लिनका लागि रञ्जित तामाङ, अनिल शर्मा र वीरेन्द्र बस्नेताको प्यानलले प्रचारप्रसार तीव्र पारेका छन्।

 

तामाङको प्यानलमा उपाध्यक्ष मदन चुडाल, सुरेन्द्र बस्नेत, गंगाराम तिम्सिना र महासचिवमा दीपेश पुन, सचिवमा तुकमान महरा, अभिताभ बच्चन दासले चुनावी प्रतिस्पर्धा तीर्व बनाएका छन् भने अनिल शर्माको नेतृत्वमा अर्को प्यानल खडा भएको छ।

 

गृहमन्त्री जनार्दन शर्माका भाइ अनिलको नेतृत्वमा जितेश योञ्जन, दीपक देवकोटा र पञ्चसिंहलगायतका विद्यार्थी छन् । ‘नेतृत्व हस्तान्तरण होइन, पुस्तान्तरण हुनुपर्छ भन्ने मान्यताका साथ भाबी नेतृत्व चयन गर्ने प्रयत्नमा छौं’, अध्यक्षका प्रत्यासी तामाङले भने, ‘सक्षम र सबल नेर्तत्व हुनुपर्छ, बाहुबलका आधारमा नेतृत्व चयन हुने छैन भन्नेमा साथीहरुको आवाज छ।’

 

बीरेन्द्र बस्नेत नेतृत्वको अर्को प्यानलले पनि भित्रभित्रै प्रचारप्रसार गरिरहेको छ । उनको प्यानलमा उत्तम अधिकारी, मिनल एमसी र खुसीराम चौधरीलगायत छन् । आजको नागरिक दैनिकले खबर छापेको छ।

ताजा समाचार