शशांक, शेखर र सुजाताको सामूहिक पत्रकार भेटघाट | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

काठमाडौँ, ९ भदौ । ४ साउनमा सँगै खाना खाँदै सामूहिक तस्बिर खिचाएर एकजुट भएको सन्देश दिएका कोइराला परिवारका तीन नेताले आज शुक्रबार पत्रकारलाई समेत आमन्त्रण गरेका छन्।

 

आज बिहान महामन्त्री शशांक कोइरालाको महाराजगन्जस्थित घरमा शशांकसहित डा. शेखर कोइराला र सुजाता कोइरालाले संयुक्त पत्रकार भेटघाट राखेका हुन् । सामान्य चियापानका लागि भन्दै पत्रकारलाई आमन्त्रण गरे पनि उनीहरूले ‘राजनीतिक सन्देश’ दिन खोजेका थिए।

 

सामूहिक तस्बिर बाहिर ल्याएको एक महिना चार दिनपछि पुनः कोइराला त्रयले सामूहिक रूपमा भेटघाट गर्दै एकताको सन्देश दिन खोजेका छन् । ‘भर्खरै पत्रकारको निर्वाचन पनि सकिएको छ । उहाँहरूलाई बधाई पनि दिउँ भनेर चियापानसहितको भेटघाट राखेका हौँ’ डा. शेखरले नयाँ पत्रिकासँग भने, ‘राजनीतिक विषयमा पनि केही कुराकानी होला ।’ पहिलो र दोस्रो चरणको निर्वाचनमा पार्टी एमालेभन्दा पछि परेको अवस्था, सरकारमा कांग्रेसको प्रभावकारिताजस्ता विषयमा उनीहरूले कुराकानी गर्ने बुझिएको छ ।

 

१३औँ महाधिवेशनमा बिपीका कान्छा छोरा शशांक महामन्त्रीमा उठेर जितेका थिए । शेखर र सुजाता केन्द्रीय सदस्य छन् । तर, संस्थापनका नेता रामचन्द्र पौडेल सभापतिमा पराजित भएपछि कोइराला परिवारको वर्षौंको विरासत र शक्ति शेरबहादुर देउवाको हातमा पुगेको थियो ।

 

विरासत नै गुम्न पुगेपछि कोइराला परिवारका तीन नेताबीच आपसमा मिलेर जाने विषयमा पछिल्लो समय औपचारिक÷अनौपचारिक कुराकानी हुन थालेको हो । उनीहरूनिकट स्रोतका अनुसार अब १४औँ महाधिवेशनमा मिलेर जानका लागि उनीहरूले एकपछि अर्को छलफललाई निरन्रता दिएका हुन् ।

 

पौडेल सभापतिमा पराजित भएका र देउवाको पार्टी सञ्चलानशैली चित्त नबुझेपछि तीन कोइरालाबीच मिलेर जाने सहमति परिपक्व हुँदै गएको छ । यसअघि पनि यी तीन नेताबीच देखिने गरी विवाद थिएन । तर, एक अर्काकोमा नजाने, छलफल नगर्ने जस्ता सन्देश जाँदा झन् कमजोर बनिने देखिएपछि उनीहरू सामूहिक रूपमा लागेका हुन् ।

 

अर्थपूर्ण भेटघाट
दुई दिनअघि भारत भ्रमणमा जाँदा देउवाले कार्यवाहक सभापति विमलेन्द्र निधिलाई दिएपछि पौडेल पक्ष असन्तुष्ट छ । विधानअनुसार पार्टी उपसभापतिलाई कार्यवाहक सभापति दिनुपर्ने हुन्छ । तर, देउवाले भावी उपसभापतिका रूपमा हेरिएका निधिलाई पार्टीमा छलफल नै नगरी कार्यवाहक बनाएपछि पौडेल पक्षमा कोइरालासहितका नेता असन्तुष्ट बनेका हुन् ।

 

उपसभापति मनोनीत नभएका वेला निर्वाचित महामन्त्री, कोषाध्यक्ष भए पनि दशौँ वरीयतामा रहेका निधिलाई कार्यवाहक सभापति बनाएपछि कांग्रेसमा असन्तुष्टि बढेको छ । देउवा भारत भ्रमणमै रहेका वेला कांग्रेसका तीन हस्तीले सामूहिक पत्रकार भेटघाट गर्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

 

अब कसको नेतृत्व ?
४ साउनमा भएको छलफलमा तीन नेताबीच कसले अब कांग्रेसमा नेतृत्व गरेर जाने भन्ने विषयमा प्रस्टताका साथ छलफल भएको थिएन । तर, तीनजना मिलेको सन्देश दिँदै एक जनाले नेतृत्व गरेर अघि बढ्नेमा उनीहरूबीच सहमति भएको थियो । बिपीपुत्र शशांक महामन्त्री भइसकेका छन् । केशव–नोनापुत्र शेखर केन्द्रीय सदस्य छन् भने गिरिजापुत्री सुजाता पनि केन्द्रीय सदस्य छन्। आजको नयाँ पत्रिका दैनिकले खबर छापेको छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);