अखिल क्रान्तिकारीको नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

काठमाडौँ, ११ भदौ । नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)को पदाधिकारी चयनमा सहमति नजुटेपछि आज आइतबार निर्वाचन हुने भएको छ।

 

निर्वाचनमा लागि संगठनका पूर्व अध्यक्ष रमेश मल्लको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको छ। निर्वाचन समितिले हिजो शनिबार नै निर्वाचनको कार्यतालिका सार्बजनिक गरेको छ।

 

क्रान्तिकारीको अध्यक्षका लागि रञ्जित तामाङ, अनिल शर्मा, रामचन्द्र अधिकारी, वीरेन्द्र बस्नेत, मदन भुडाललगायतले दाबी पेश गरेको र सहमति हुन नसकेपछि मतदानबाट नेतृत्व चयन गर्न लागिएको निर्वाचन समितिका संयोजक मल्लले जानकारी दिएका छन्।

 

अखिल क्रान्तिकारीको नेतृत्वका लागि पहिलोपटक हुन लागेको मतदानमा दुई हजार ३४ जना मतदाता रहेको निर्वाचन समितिका संयोजक रमेश मल्लले जानकारी दिनुभयो । चुनावबाट ३३ पदाधिकारी सहित २ सय ३४ जना केन्द्रीय सदस्य चयन हुनेछन्।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);