प्रधानमन्त्री देउवा आज स्वदेश फर्किदै, यस्तो छ आजको कार्य तालिका | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

काठमाडौं, ११ भदौ । भारतको पाँच दिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री देउवासँग बिहारका मुख्यमन्त्री नितिश कुमारले शिष्टाचार भेट गरेका छन्। प्रधानमन्त्री देउवा हिजो शनिबार साँझ आन्ध्र प्रदेशबाट बिहार पुगेका हुन्।

 

प्रधानमन्त्री देउवासँग बिहारको रोयल रेसिडेन्सी होटलमा मुख्यमन्त्री नितिश कुमारले भेटवार्ता गरेका हुन । भेटका क्रममा प्रधानमन्त्री देउवा र मुख्यमन्त्री नितिश कुमारबीच हालै नेपालको तराई र बिहारका कतिपय सीमा क्षेत्रमा आएको बाढीका कारण भएको क्षतिका विषयमा विस्तृत छलफल भएको जनाईएको छ।

 

नेपाल र भारततर्फ बाढीले पु¥याएको क्षति र बाढी नियन्त्रणका लागि दुवै देशका तर्फबाट संयुक्त रुपमा दिगो व्यवस्थापनको पहल गर्नुपर्ने कुरामा प्रधानमन्त्री देउवाले जोड दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

 

आज प्रधानमन्त्री देउवा बिहारको बोधगया स्थित महाबोधी जाने कार्यक्रम छ। प्रधानमन्त्री देउवा ५ दिने औपचारिक भारत भ्रमण सकेर आज साँझ बिहारबाट नयाँदिल्ली हुँदै स्वदेश फर्किँदै छन्।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);