अनेरास्ववियू क्रान्तिकारीको २१ औं राष्ट्रिय सम्मेलनको तयारी पूरा | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

अनेरास्ववियू क्रान्तिकारीको २१ औं राष्ट्रिय सम्मेलनको तयारी पूरा

काठमाडौं, ६ भदौ । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियू क्रान्तिकारीको बुधबारदेखि काठमाडौंमा सुरु हुने २१ औं राष्ट्रिय सम्मेलनको तयारी पूरा भएको छ ।

 

संगठनले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी राष्ट्रिय सम्मेलनको तयारी पूरा भएको जानकारी दिएको हो । सम्मेलनमा २ हजार ७६ जना प्रतिनिधि सहभागी हुने आयोजकले जनाएको छ ।

 

नेतृत्व चयनको कामलाई सकेसम्म सर्वसम्मत बनाउन लागि पर्ने संगठनका अध्यक्ष नरेन्द्र न्यौपानेले बताए । उनले नेतृत्व चयन प्रक्रियालाई मर्यादित र व्यवस्थित बनाउन आचारसंहिता समेत जारी गरिएको जानकारी दिए ।

 

सम्मेलनबाट ३३ सदस्यीय पदाधिकारी सहित २ सय ४३ सदस्यीय केन्द्रिय समिति निर्वाचित हुनेछन् । अनेरास्ववियू क्रान्तिकारीले नेतृत्व चयनका लागि संगठनका पूर्वअध्यक्ष रमेश मल्लको संयोजकत्वमा निर्वाचन समिति समेत गठन गरेको छ । एकताको महाधिवेशन नाम दिइएको राष्ट्रिय सम्मेलनको उदघाटन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गर्नेछन् ।

 

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);